कल्भर्टबाट खस्दा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कल्भर्टबाट खस्दा एकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ७ लक्ष्मणघाट नजिकको कल्भर्टबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडा मोतीपुर घर भएका वर्ष ५५ को रुक्मांगत बेल्वासेका छोरा माधव बेल्वासे रहेका छन् । स्थानीयले कल्भर्टमूनि शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो । मृतक बेल्वासेको शवको पोस्टमार्टमको लागि अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

मृतक बेल्वासे भारतीय सेनाका अवकाश प्राप्त कर्मचारी समेत हुन् । उनको २ छोरा र १ छोरी रहेका छन् । मृतकले अत्याधिक मादक पदार्थ सेवन गर्ने भएकोले सोही कारणले मृत्यु भएको हुन सक्ने स्थानीय बताउँछन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए ।   

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);