सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सहिद स्मारक लिगको तेस्रो र चौथो चरणको तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । 

एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको हो । दुवै चरणका खेल दशरथ रंगशालामा हुनेछन् । 

यस पटक समेत एन्फाले हप्तामा चार खेल हुने जनाएको छ । यस्तै खेल दिउँसो र साँझमा हुने समेत जानकारी गराएको छ । 

३ मंसिरबाट सुरु भएको लिगका दोस्रो चरणका खेल आज सकिँदै छ । अन्तिम खेलमा अहिले साबिक विजेता मछिन्द्र फुटबल क्लब र साबिक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब भिड्नेछन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);