भैँसी पालेर गाउँमै मनग्य आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

भैँसी पालेर गाउँमै मनग्य आम्दानी

बागलुङ । वैदेशिक रोजगारीमा युवाको आर्कषण बढिरहेको समयमा बागलुङका एक युवाले गाउँमै भैँसी पालन गरेर मनग्य आम्दानी गरेका छन् । सहकारि मार्फत कृषि तालिमका लागि विदेशमा गएर तालिम लिएर फर्किएपछि उनले आफ्नै भैँसी र्फाम खोलेका छन् ।

रोजगारीका लागि वैदेशिक भुमिका काम गर्ने युवा जमातको संख्या दैनिक बढि रहेको समयमा बागलुङका नरेश श्रेष्ठ भने विदेशमा सिकेको कृषि सिपलाई प्रयोग गर्दै व्यवसायीकता तर्फ अगाडि बढेका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १४ का नरेशले ९ महिना इजरायलमा तालिम लिएर आएपछि ब्यबसायीक रुपमा गाई भैंसी पाल्न सुरु गर्नुभएको हो । फार्मबाट दैनिक ४० लिटर दुध उत्पादन हुदै आएको छ भने अझै माग अनुसार आपुर्ती गर्न नसकेको श्रेष्ठ बताए ।

निर्वाहमुखी भन्दा पनि व्यवसायीक रूपमा कृषि पशुपालन क्षेत्रमा लागेका युवालाई स्थानीय तहबाट पनि सहयोग र समन्वय गरिरहेको वडा कार्यलयले जनाएको छ ।

युवाहरुलाई व्यवसायीक कृषि तथा खेती तर्फ आर्कषण गर्न नसक्दा ठुलो संख्यामा युवा जमात बेरोजगार भएर बसेका छन् । नरेश श्रेष्ठ ती युवाका लागि प्रेरणा बनेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);