सिभिल मलमा ५० प्रतिशत भाडा छुट | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सिभिल मलमा ५० प्रतिशत भाडा छुट

काठमाडौं, ८ साउन । सिभिल मल व्यवस्थापनले बन्दाबन्दी अवधिको चार महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सरकारले गरेको बन्दाबन्दी अवधिको चार महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो ।

सिभिल मल व्यापार सँघका अध्यक्ष रत्नबहादुर घिमिरेले चैतदेखि असारसम्म चार महिनामा ५० प्रतिशत छुट, साउन, भदौ र असोज गरी तीन महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवस्थापन पक्षसँग सहमति भएको बताउनुभयो ।

कातिकदेखि एक वर्षसम्मको अवधिमा पसलहरूको प्रकृतिअनुसार छ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उहाँले बताउनुभयो ।

सरकारले साउन सात गतेसम्म बन्दाबन्दी जारी राख्ने निर्णय गरेपनि मलका व्यवसायीहरूले असार एक गतेबाट नै पसल सञ्चालन गरेका थिए ।

पसल सञ्चालन भएपनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरूले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए ।

‘सिभिल मल बचाऊ’ अभियान नै सञ्चालन गरेर व्यवसायीहरूले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचोसमेत हस्तान्तरण गरेका थिए । मङ्गलबार मध्यरातिबाट लागूू हुने गरी सरकारले बन्दाबन्दी अन्त्यको घोषणा गरिसकेको छ ।

सरकारले बन्दाबन्दी खोलेपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);