मोबाइल एपले बाख्रा बिक्री बढायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

मोबाइल एपले बाख्रा बिक्री बढायो

बाँके । कृषि पथ मोबाइल एप सञ्चालन भएपछि जननी समाजिक उद्यामी महिला सहकारी संस्थाले यो आर्थिक बर्षमा करिब १ करोड बराबरको बाख्रा बिक्री वितरण गरेको छ । पहिला व्यपारीहरुलाई सम्पर्क गर्दा बिचौलियाहरुले नाफा खाइदिने र समयमा बाख्रा बिक्री गर्न नसक्दा किसानहरु घाटा व्यहोर्न बाध्य थिए ।

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकाको अधिकांश क्षेत्रमा वन-जंगल छ । घर छेउ वरिपरि जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ का किसानहरु बाख्रा पालन तर्फ आकर्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यमी महिला सहकारी संस्थाले बिक्री वितरण तथा बाख्राहरुलाई चाहिने दाना उपलब्ध गराउदै आइरहेको छ ।

सहकारीका सबै सदस्यहरुले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरुले सहकारीलाई र सहरकारीले व्यापारीहरुलाई बिक्री गर्दा बिचौलियाले नाफा खाइदिने र बिक्री हुन धेरै समय लाग्दा किसानहरुले घाटा व्यहोर्न परेको थियो । तर नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले गएको बर्ष देखि केयर कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएपछि किसानहरुलाई मात्र नभएर सहकारीहरलाई पनि सहज भएको छ ।

कम समयमा बिक्री हुने र बिचौलियाहरु पस्न नपाउने भएपछि संस्थाले एपको माध्यमबाट १ करोड बराबरको बाख्रा बिक्री गरेको सहरकारीका अध्यक्ष गणेश खत्रीले बताए। गाँउका मानिसहरुले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छन । दिल कुमारी सँग अहिले एउटा बोयर बोका र स्थानीय जातका ३० बढी बाख्रा पाठापाठि छन् ।

गाँउको सहकारीले बाख्रा पालनमा सहयोग गर्ने भएपछि अहिले उनी आधुनिक तरिकाको बाख्रा र खोर निर्माणमा लगानी गरेको बताइन । राप्ती सोनारीका धेरै सहकारी संस्थाहरुले कृषकहरुसँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरुले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, कुखुुरा लगातका उपजहरु खरिद बिक्री तथा वितरण गरिरहेका छन् ।

यसरी किसानहरुले उत्पादित चिज बस्तु सजिलै बिक्री वितरण गर्नका लागि नेपाल घरेलु तथा साना उद्योग महसघंले सञ्चालन गरेको कृषि पथ मोबाइल एपलाई स्थानीय सरकारले पनि प्रयोग गरेर प्रभावकारी बनाइ दिए किसानहरुले बिचौलियाबाट सधैंको लागि छुटकारा पाउने थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);