कोरोना अस्पताल बेलझुण्डीमा सोमवार तुलसीपुरका थप ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कोरोना अस्पताल बेलझुण्डीमा सोमवार तुलसीपुरका थप ४ जनाको मृत्यु

दाङ। कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा सोमवार थप तुलसीपुरका ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेहरुमा तुलसपिुर उपमहानगरपालिका ६ की ८४ वर्षीय महिला, वडा नं. १८ का ५५ वर्षीय पुरुष, वडा नं. १० की ६० वर्षीया महिला र वडा नं. ७ का ५५ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

यससंगै असपतालमा हाल सम्म १६ जना महिला र ३२ जना पुरुष गरि ४८ जनाको मृत्यु भएको छ । अस्पतालमा हाल सम्म ८६२ जना भर्ना भएका र ति मध्य ७३१ जनाले कोरोना जितेको ब्यवस्थापक वलीले जानकारी दिनुभयो । त्यस्तै अहिले सम्म २३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको समेत उहाँको भनाइ छ । सोमवार अस्पतालमा २४ जना महिला र ३६ जना पुरुष गरी ६० जना संक्रमितहरु रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);