अब नेपालबाटै सिधा साउदी अरेबिया | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १८ भदौ । हिमालय एअरलाइन्सले काठमाडौँ र साउदी अरेबियाको दमाम शहरबीच सिधा उडान सुरु गरेको छ ।

 

यो सँगै हिमालय एअरलाइन्स साउदी अरेवियामा सिधा हवाई उडान सुरु गर्ने पहिलो कम्पनी बनेको छ । दैनिक उडान सुरु भएसँगै दुई देशबीच सम्बन्ध विस्तार हनुका साथै यात्रुलाई पनि सहजताथपिएको कम्पनीले जनाएकोे छ ।चाडपर्व र जाडो याममा धेरै भन्दा धेरै नेपालीलाई आफ्नो देश आउन सिधा उडान सेवा प्रदान गर्नेगरी उडान को शुभारम्भ गरिएको हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । हिमालय एअरलाइन्सले साउदी अरेबियाका लागि आफ्नो आधिकारिक बिक्रेताका रुपमा अस्फर ट्राभल एण्ड टुरिजमलाई छनौट गरेको छ ।

 

एयरलाइन्सले ढाका, हङकङ र बैंकक, बेइजिङ्ग र छेन्दुमा पनि उडान विस्तार गर्ने योजना बनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);