बेइजिङसहित चीनका ५ गन्तव्यमा हिमालय एयर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बेइजिङसहित चीनका ५ गन्तव्यमा हिमालय एयर

himalaya airlines

काठमाडौं, १३ असोज । निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनी हिमालय एयरले चीनको बेइजिङमा उडानका लागि ‘स्लट’ पाएको छ । यससँगै हिमालयले अक्टोबरको अन्तिमबाट बेइजिङ उडान गर्ने तय भएको जनाएको छ ।

“हामीले बेइजिङ उडानको तयारी गरिरहेका छौं, अक्टोबर अन्तिमबाट चीनको डासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने छौं,” एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले बताए, “उडान समय भने हामी पछिमात्र सार्वजनिक गर्छौं ।” डाक्सिङमा दैनिक एक उडान गर्ने गरी दिवा समयमा स्लट प्राप्त भएको उनले बताए ।

हिमालय एयरलाइन्सले अक्टोबरभित्रै ए–३१९ विमान खरिद गरी हालको उडान गन्तव्यहरू विस्तार गर्ने योजना रहको श्रेष्ठको भनाइ छ । सन् २०१४ मा स्थापना भएदेखि नै हिमालयले एउटा विमान र एउटा गन्तव्य स्थानबाट सुरु गरेको एअरलाइन्सले तीन वर्षको अन्तरालमै तीनवटा ए–३२० एयरबसका विमान खरिद गरी पाँच ओटा गन्तव्यमा उडान भरिरहेको कम्पनीले आगामी दिनमानै चीनकै ५ गन्तव्यमा उडान भर्ने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ । “कम्पनीले बेइजिङसहित चाङ्सा, नाङचाङ, गुइयाङ, चोङकिलगायतमा निकट भविष्यमानै उडान भर्ने गरी आन्तरिक तयारी गरिरहेका छौं,” भाइस प्रेसिडेन्ट श्रेष्ठले भने, “त्यसपछि भने अली र सेन्जेङमा विस्तार गर्ने हाम्रो योजना छ ।”

८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी विमानले सेवा उपलब्ध गराउँदै आएको छ । साथै निकट भविष्यमा नै ल्हासाजस्तो उच्च स्थानमा उडान भर्नका निम्ति एअरलाइन्सले ए ३१९ विमान खरिद गर्ने योजना अगाडि बढाएको जनाएको छ । साथै सरकारले विगतमा करिव १ वर्ष अगाडिबाट बन्द गरेको मलेसियाको रोजगारी बजारमा नेपाली जाने सुरु भए सँगै हिमालयनले उडान भर्ने कम्पनीका सर्भिस डिपार्टमेन्टकी प्रमुख उज्वला दलीले बताइन् ।

मलेसियामा नेपालीका लागि रोजगारी बन्द भएसँगै हिमालयनले उडान बन्द गरेको थियो । हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले उड्डयन क्षेत्रमा हिमालयले नयाँ गन्तव्यहरूको विस्तार गदै नेपाल सरकारले लिएको सन् २०२० लाई नेपाल भ्रमण वर्षका लक्ष्य पुरा गर्नेमा सहयोग पु¥याउदै नेपालको अर्थ तन्त्रमा समेत सहयोग पुग्ने विश्वास लिए ।

एयरलाइन्सले आफ्नो पहिलो उडान मे ३१, २०१६ मा कतारको दोहाको लागि भरेको थियो । एसियाली मुलुकहरूमा आफ्नो सञ्जाल विस्तार गरेको र हालै सन् २०१९ मा यूएईको आबुधावी र बंगलादेशको ढाकालाई आफ्नो सञ्जालमा जोडेको थियो । अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, ढाका र क्वालालम्पुरमा उडान भर्दै आएको छ ।

साउदी अरेबियाको दमाममा ऐतिहासिक सञ्जाल विस्तार गरेर साउदी अरेबिया र नेपाल जोड्ने एकमात्र एयरलाइन्स हिमालय एयरलाइन्स रहेको कम्पनीको दावी छ । हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङले उड्डयन क्षेत्रमा हिमालयले नयाँ गन्तव्यहरूको विस्तार गदै नेपाल सरकारले लिएको सन् २०२० लाई नेपाल भ्रमण वर्षका लक्ष्य पूरा गर्नेमा सहयोग पु¥याउदै नेपालको अर्थ तन्त्रमा समेत सहयोग पुग्ने विश्वास लिए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);