चाडपर्वमा महँगीको मार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

चाडपर्वमा महँगीको मार

khadyanna apug

काठमाडौं, १३ असोज । सरकारले महँगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने दावी गरिरहेका बेला मुख्य चाडपर्वअगावै महँगिएको बजार मूल्यले चाडपर्वको रौनक घटाउने भएको छ । कतिपय वस्तुको शतप्रतिशत मूल्यवृद्धि भइसकेको छ भने सरकारको आधिकारिक तथ्यांकले समेत भने चालू आर्थिक वर्षको पहिलो महिनामानै ७ प्रतिशत मूल्यवृद्धि भइसकेको पुष्टि गरेको छ । यतिमात्र नभइ भदौ र असोज महिनाको मूल्यवृद्धि हेर्ने हो भने यो वर्ष नाकाबन्दीपछिकै सबैभन्दा बढी मूल्यवृद्धि हुने देखिएको छ ।

वस्तु आयातसंगै नेपालले महँगी पनि आयात गर्ने हुनाले चाडपर्वको बेलामा सरकारलाई महँगी नियन्त्रण गर्न हम्मे पर्ने गरेको अधिकारीहरू बताउँछन् । यस्तै, बजार पनि अराजक भएको महँगीले उपभोक्तालाई थप तनाव दिएको छ । महंँगीकै कारण देशको अर्थतन्त्र अझ नाजुक हुने र भयावह अवस्था आउनसक्ने भन्दै विज्ञहरूले त्यसतर्फ सतर्क रहन सरकारलाई सुझाएका छन् ।

सरकारले चालू आर्थिक वर्ष (०७६÷०७७) मा महँगीलाई साढे ६ प्रतिशतमा सिमित राख्ने बताएको छ । तर पहिलो महिनामै महँगी सात प्रतिशत नजिक पुगेपछि सरकारलाई महँगी नियन्त्रणमा फलामको चिउरा चपाउनु जस्तै बनेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो महिनाको प्रतिवेदनअनुसार साउन महिनामा ६.९ प्रतिशतले महँगी बढेको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);