विकास साझेदार निकायलाई समन्वय गर्न आग्रह  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विकास साझेदार निकायलाई समन्वय गर्न आग्रह 

सुर्खेत । संघ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझदार निकायलाई प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ । तीन तहका सरकारमध्ये प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा डुब्लिकेशन हुन सक्ने भन्दै विकास साझेदार दातृनिकायका प्रतिनिधिलाई सहकार्य गर्न आग्रह गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।

मन्त्रालयमा सबै प्रदेशका विकास साझेदार एनजीओ, आइएनजीओलाई बोलाएर छलफल गर्दै सहकार्य गरेर अगाडि बढ्न आग्रह गरिएको मन्त्री सिंहले बताए । आफूले उठाएको कुरामा विकास साझेदार निकायका प्रतिनिधिहरू समेत सहमत भएको उनले बताए । खानेपानी, सरसफाइ , ढल विकास तथा अन्य आफ्नो मन्त्रालयसँग सरोकार राख्ने सबै निकायलाई सहकार्य गरी काम गर्न आग्रह गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);