सेनेहाङ सेवा समाजको अध्यक्षमा गणेश सेनेहाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सेनेहाङ सेवा समाजको अध्यक्षमा गणेश सेनेहाङ

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका सेच्छेरे सेनेहाङ लिम्बुहरूको साझा संस्था सेनेहाङ सेवा समाजको केन्द्रीय दोस्राे अधिवेशन सम्पन्न भएको छ । तेह्रथुम लालिगुराँस नगरपालिका-६ सुङनाममा सम्पन्न अधिवेशनले पुन: गणेश सेनेहाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेकाे हाे । गत बिहीबारदेखि सुरु भएको अधिवेशनले सर्वसम्मत १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा शेरबहादुर सेनेहाङ, इन्द्रबहादुर सेनेहाङ र मञ्जु सेनेहाङ, चमहासचिवमा टीआर सेनेहाङ,सचिव लोकराज सेनेहाङ,कोषाध्यक्ष संग्रामसिं सेनेहाङ चयन भएका छन् । सदस्यहरूमा विकास सेनेहाङ, मिलनकुमारी सेनेहाङ,सुजना सेनेहाङ,नरध्वज सेनेहाङ, बलि सेनेहाङ,चन्द्रध्वज सेनेहाङ, पूर्णबहादुर सेनेहाङ, तेजबहादुर सेनेहाङ र सोमकुमार सेनेहाङ चयन भए । अधिवेशनको अवसरमा सेनेहाङ वंशावली विमोचन गरिएको थियो । तेह्रथुमलगायत ताप्लेजुङ,पाँचथर,धनकुटा,सुनसरी र मोरङ जिल्लाका सेनेहाङहरूको उपस्थिति थियो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);