मधेसको बहुचर्चित मिथिला परिक्रम महोत्तरीको मट्टिहानीमा आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मधेसको बहुचर्चित मिथिला परिक्रम महोत्तरीको मट्टिहानीमा आइपुग्यो

महोत्तरी । विभिन्न धार्मिक स्थलको परिक्रम गरी १५ दिने मिथिला परिक्रम आज महोत्तरीको मट्टीहानी आइपुगेको छ ।मिथिलाविहारीको डोलसँगै सुरु भएको मिथिला परिक्रम आज चौथो दिन मट्टीहानी आइपुगेको हो  । परिक्रमामा ५० हजारभन्दा बढी व्यक्ति सहभागी छन् ।

फागुनको औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो धार्मिक यात्रा धनुषाको कचुरी गाउँस्थित मिथिला बिहारी मठबाट सुरु हुने गर्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका  अन्य मठ मन्दिरबाट ल्याइएका डोलासमेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्छ । डोलामा पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरु सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ ।

सोही क्रममा आज अत्यन्त तामझामका साथ तिर्थालुहरुको समूह मट्टीहानी आइपुगेको हो । मट्टीहानीमा भब्य पुजाआजाका साथ आज दिनभरी र रातभरी विश्राम गरी भोलि पुन: परिक्रमको यात्रामा  उनीहरु निस्कनेछन । मट्टीहानीमा आज नगरभरी सार्वजनिक विदा समेत दिएको नगरप्रमुख हरि मण्डलले जानकारी दिए ।

परिक्रममाअन्तर्गत  क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औँ दिन जनकपुरको  अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न गरिने चलन छ ।

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको छ ।  परिक्रम नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको पनि विश्वास रहेकाे छ । परिक्रममा सहभागीले  १०८ तीर्थस्थल बराबरको फल प्राप्त हुने जनविश्वास रहेको छ ।  परिक्रमामा सहभागी भएका १५ दिनसम्म आफ्नो घर नफर्कने चलन पनि छ । परिक्रममा नेपालको १ सय ७ किलोमिटर र भारतको २३ किलोमिटर गरी १सय ३३ किलोमिटर पैदल घुम्ने गरिन्छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);