२०७५ आर्थिक समृद्धिको बर्ष : उपराष्ट्रपति नन्दबहादुर पुन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२०७५ आर्थिक समृद्धिको बर्ष : उपराष्ट्रपति नन्दबहादुर पुन

nanda bdr pun

काठमाडौं, २१ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्ष २०७५ आर्थिक समृद्धिको बर्ष भएको बताएका छन् ।

बिहिबार उपराष्ट्रपतिको कार्यालयमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘व्यवसायिक क्षेत्रको समसामयिक विषयमा निजी क्षेत्रको धारणा’ नामक अन्तक्र्रियामा उपराष्ट्रपति पुनले स्थायी सरकारको निर्माण, लोडसेडिङमुक्त मुलुक, बन्द हडतालको अन्त भएसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएका कारण देश अब आर्थिक समृद्धि तर्फ उन्मुख हुने र यसका लागी नीजि क्षेत्रको सहयोग महत्वपुर्ण रहेको बताए ।

आर्थिक समृद्धिको आधारको रुपमा रहेका कृषि, उर्जा, पर्यटन र जडिबुटीको क्षेत्रलाई विषेश महत्वका साथ अगाडि बढाउनु पर्नेमा उनको जोड छ । कार्यक्रममा नेपाल चेम्वर अर्फ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले लामो समयदेखि भोग्दै आएको राजनीतिक संक्रमणकालको अन्त भएसँंगै आगामी आर्थिक वर्षको गन्तव्य आर्थिक समृद्धि हुनु पर्ने बताए । स्थायी सरकारको निर्माणसँंगै लगानीको वातावरण बनेको र अब लगानी भित्राउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

व्यापार घाटा न्यूनीकरणका लागि आयात प्रतिस्थापन गर्दै निर्यात बढाएर मात्रै सम्भव हुने भन्दै उनले निर्यात योग्य वस्तुहरुलाई सहुलियत दिनु आवश्यक रहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);