माओवादी केन्द्रलाई सबैभन्दा ठूलो राजनीतिक शक्ति बनाउने वाईसीयल नेता, कार्यकर्ताहरुको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

माओवादी केन्द्रलाई सबैभन्दा ठूलो राजनीतिक शक्ति बनाउने वाईसीयल नेता, कार्यकर्ताहरुको प्रतिवद्धता

काठमाडौं । वाईसीयल, नेपालका नेता, कार्यकर्ताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा माओवादी केन्द्रलाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरुले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसीयलका नेता, कार्यकर्ताहरुको पार्टी नेतृत्वसँग माग छ ।

आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाईसीयल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताए । उनले त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यक्ता रहेको बताए ।

सिन्धुपाल्चोकका वाईसीयल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढ्ने बताए । उनले त्यसका लागि वाईसियल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढ्नुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिए ।

उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरुलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसीयल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले युवाहरुको परिचालन गरेर मात्रै माओवादी केन्द्रलाई सबल पार्टी बनाउन सकिने तर्क पनि गरे ।

वाईसीयलनेपालको जारी राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसीयल, नेपालले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);