सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने

safai

काठमाडौं, २० जेठ । सरकारले सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा कडाइ गर्ने भएको छ । त्यसको संकेत सरकारले आइतबार बिहानै काठमाडौंका सडकमा दिएको छ ।

आइतबार बिहानै गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत बिहान ७ बजे नै थापाथलीस्थित सडकमा प्रदूषण मापन गर्ने यन्त्र सहित छड्के जाँचमा निस्किए। सडकमा मन्त्री थापा र मन्त्री बस्नेत सहित गाउन र मास्क लगाएर सरकारी अधिकरी र ट्राफिक प्रहरीहरूसहित सवारी जाँचमा खटिएका थिए ।

वातावरण दिवसको पुर्व संन्धयामा आयोजीत प्रदूषण मापन कार्यक्रममा सरकारी गाडी, संस्थानका गाडी, सार्वजनिक गाडी लगाएतका बिभिन्न गाडीको प्रदुशन मापन गरिएको परिणाममा आधा सवारी साधनको प्रदुशन युक्त र आधाको प्रदुशन मुक्त परिणाम आएको थियो । जति सवारी चेक गरेका उनीहरूले अधिकांश डिजेल गाडिबाट निस्किएको धुँवामा प्रदुषणको मात्रा बढी भएको भन्दै कारबाही गरे ।

हावामा हुने धूलोको मात्रामा सावरी साधनले निकाल्ने धूलोको ३८ प्रतिशत हिस्सा हुने गरेको पाइन्छ । सावारी साधनले २ दशमलव ५ पिएम पार्टिकुलर म्याटर को धूलो उत्पादन गर्छन् । यसरी अव्यवस्थित सहरीकरणको कारण धुवाधुलो बढेको र मानव स्वास्थ्यका दृष्टिकोणले पनि सवारी साधनले निकाल्ने धुवामा सम्वेदनशील सानो धूलोका कण निकाल्ने भएकोले सरकारले प्रदूषण मापनमा कडाइ गर्न लागेका मन्त्रीद्धयको भनाइ छ ।

मन्त्रीसहितको टोलीले कारबाही गरेका सवारीलाई नियमअनुसार १ हजार रूपैयाँ जरिवना गरि प्रदूषण पास भएपछि मात्र अनुमति दिने बताइएको छ । यातायात व्यवस्था विभागले सवारी प्रदूषण नियन्त्रणमा विशेष व्यवस्था गर्न लागेको सरकारी अधिकारीको भनाई छ । अहिले धूलो मापन गर्ने तीनवटा मात्र यन्त्र प्रयोगमा छन् । धूलो मापन गर्ने विशेष प्रकारका ४० वटा स्मोक एनालाइजर यन्त्र सरकारले खरिद गरि सकेको छ ।

जेठ २२ गते देखि सहरमा देखिएका फोहरको व्यवस्थापन र सवारी साधनको प्रदुशनलाइ नियन्त्रण गर्ने समेत बताएइको छ । यो महाअभियानलाइ एक दिनको मात्र नभइ बर्षभरि नै यस्ता कार्यलाइ अगाडी लैजान संबन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);