सरकारी अनुगमन फितलो हुँदा बढ्यो बेथिति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सरकारी अनुगमन फितलो हुँदा बढ्यो बेथिति

rambahadur thapa

अप्सरा लामिछने

काठमाडौं, २२ जेठ । पछिल्लो समय मन्त्रीहरु नै अनुगमनमा खटिन थालेका छन् । तरकारी बजारदेखि सडकमा सवारी साधनको प्रदुषण मापन गर्न पनि मन्त्री आफैं खटिए पनि व्यवहारमा सुधार देखिएको छैन । विश्लेषक र सर्वसाधारणले त अनुगमन औपचारीकता र चर्चा कमाउनका लागि मात्र भएको टिप्पणी गर्न थालेका छन् ।

आइतबार विहानै गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सवारी साधानको प्रदुष मापन गर्न सडकमा उत्रिए । मन्त्रीको उपस्थितिमा वातावरण विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले थापाथली देखि माइतीघरसम्म आकस्मिक रुपमा सवारीसाधनको प्रदुषण जाँच गर्दा आधा सवारी साधन फेल भए ।

त्यस्तै सोमबार कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल अनुगमनका लागि कालिमाटी तरकारी बजार पुगे । अनुगमन पछि मन्त्री खनालले काठमाडौं उपत्यकामा भित्रने तरकारीको व्यवस्थीत बजारका रुपमा कालिमाटी बजारलाई बिकास गरिने बताए ।

साथै किसानले बेच्ने मुल्य र उपभोक्ताले किन्ने मुल्यबीचको खाडल पुर्नेगरि काम गर्न बजार व्यवस्थापन समितिलाई निर्देशन पनि दिए । यो त पछिल्लो उदाहरण मात्र हो ।

मन्त्रीहरु बेलाबेलामा आफैं अनुगमनमा निस्कने र निर्देशन दिने गर्छन् तर व्यवहारमा भने कुनै परिवर्तन देखिँदैन । विश्लेषकहरु भने मन्त्रीहरु चर्चा कमाउनका लागि मात्र अनुगमनमा जाने गरेको टिप्पणी गर्छन् । मन्त्री आफैं अनुगमनमा गएर मात्र समस्या समाधान नहुने उनीहरुको भनाइ छ ।

सर्वसाधारण पनि मन्त्रीहरुले गरेको अनुगमनमा कुनै तुक नभएको तर्क गर्छन । नीति बनाउने तर कार्यान्वयन नगर्ने परिपाटीको अन्त्य नभएसम्म यस्ता अनुगमनले कुनै प्रभाव नपर्ने सर्वसाधारणको भनाइ छ ।

बजार अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रिहरुको भूमिका अहम रहन्छ । तर, मन्त्री आफै अनुगमनका लागि जाने भन्दा पनि नीतिगत सुधार गर्दै मातहतका निकायलाई सक्रिय बनाउन केन्द्रित हुनुपर्छ । ठोस योजनाबिना देखावटी रुपमा मन्त्रीले एक दिन गरेको अनुगमनको खासै अर्थ रहँदैन ।

त्यसैले जनतालाई सुविधा दिन र विकृति रोक्न सरकार र सरकारका मन्त्रीहरुले नीतिगत सुधार तर्फ ध्यान दिन जरुरी छ । अन्यथा मन्त्रीहरुको अनुगमन सस्तो लोकप्रितामा सिमित हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);