उपत्यकाका अस्पतालमा बिरामीको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

उपत्यकाका अस्पतालमा बिरामीको संख्या बढ्यो

अप्सरा लामिछाने

काठमाडौं, १३ साउन । वर्खायाम शुरुभएसँगै उपत्यकाका अस्पतालहरुमा बिरामीहरुको संख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष विरामीको चाँप उल्लेख्य रुपमा बढेको चिकित्सकहरुको भनाई छ ।

राजधानीका अस्पतालहरुमा अहिले रुघाखोकी र टाइफाइडका बिरामीको संख्या बढेको हो । उपचार गर्न जानेमा ज्वरो, झाडापखाला, रुघाखोकी, टाइफाइड, सर्पदंश लगायत छाला सम्बन्धीका बिरामी बढी रहेका छन् ।

विगत वर्षको तुलनामा यसवर्ष ५० प्रतिशत सम्म विरामीको संख्यामा वृद्घि भएको पाइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दैनिक ५० जनासम्म रुघाखोकी तथा भाइरल ज्वरोका बिरामी आउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका कार्यरत चिकित्सक शेरबहादुर पुनको छ ।

असार साउन महिनामा बढी देखिने विभिन्न रोगहरु मध्य स्क्रवटाईफस जस्ता रोगका विरामीहरु पनि अहिले अस्पतालहरुमा भर्ना भएको चिकित्सकहरुल बताउँछन् । मुसाबाट सर्ने यो रोगका विरामी हाल सम्म ४ देखी ५ जना सम्म उपचारका लागि आउने गरेको र अझै बढ्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल श्रोतले जनाएको छ ।

टाईफाईड जस्तै लक्षण देखिने यो रोग समयमै उपचार नभए मानिसको मृत्युसम्म हुन सक्ने चिकित्सक शेरबाहदुर पुन बताउँछन् ।

साउन महिनाको दुई सातामै १ हजार २ सय ५० भन्दा बढी बिरामी उपचारका लागि अस्पताल पुगेको र यो संख्या अझै बढ्न सक्ने अनुमान चिकित्सकहरुको छ । अहिलेको यो मौसममा सन्तुलित भोजन गर्ने, स्वच्छ पानी पिउने, सरसफाइमा विशेष ध्यान दिने, रूघा खोकी लागेका व्यक्ति भीडभाडमा नजाने, झोलिलो पोसिलो खानेकुरा खाने, माक्स लगाएर हिड्ने र ज्वरो आए नआत्तिन पनि चिकित्सकहरुको सल्लाह छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);