काठमाडौँ उपत्यकामा पनि डेंगु संक्रमित बिरामीको संख्या बढ्दो | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

काठमाडौँ उपत्यकामा पनि डेंगु संक्रमित बिरामीको संख्या बढ्दो

dango-birami

अप्सरा गौतम
काठमाडौं, २० भदौ । पछिल्लो समय काठमाडौं लगाएत देशैभर डेंगु संक्रमित बिरामीको संख्या बढदै गएको छ । डेंगु संक्रमित बिरामीको संख्या बढेपछि यतिबेला काठमाडौका उपत्यका लगायतका अस्पतालहरुमा विरामीको चाप बढेको छ । दैनिक १ सयको हाराहारीमा ज्व्रोका विरामी आउने गरेकोमा ५० प्रतिशतमा भने डेंगु सक्रमित देखिएको अस्पतालले जनाएको छ ।

झापाबाट शुरु भएको डेंगु अहिले काठमाडौं उपत्यका लगायत ४२ जिल्लामा फैलिएको छ । लामखुटृेको टोकाइबाट सर्ने डेंगुको संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्दो छ । उपत्यकाका धेरै जसो अस्पतालहरुमा डेंगु सक्रमित विरमीको चाप बढेको छ ।

त्यस मध्ये पनि पछिल्लो समय भदौ १५ गते देखी यता टेकुमा रहेको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा त दैनिक एक सयको हाराहारीमा ज्वरोका विरामीहरु आउने गरेकाछन । जस मध्ये ५० प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ । श्रावण महिनामा हल्का देखिएको डेंगु संक्रमित विरामीको संख्या भदौ लागेपछि भने ह्वात्तै बढेको छ ।

यसरी दिनप्रतिदिन डेंगु संक्रमित विरामीको चाप बढेपछि अस्पतालले फिवर क्लिनिक खडा गरेको छ । त्यस्तै संक्रमित विामीहरुलाई डेंगु जोन भनी छुट्टै ठाउमा राखि उपचार सुरु गरेको छ । त्यस्तै हेल्पडेस्क खडा गरी संक्रमितहरुलाई काउन्सीलिङ गर्ने काम पनि सुरु गरेको छ ।

उपचारका लागी आउने डेंगु सक्रमित विरमीहरुलाई समान्यलाई काउन्सीलिङ गरी घरमै आराम गर्न पठाईएको छ भने बढी सक्रमितलाई भने अस्पतालमै राखी उपचार गरीएको अस्पातलले जनाएको छ ।

डेंगुका बिरामी हालसम्म झापा, सुनसरी, मकवानपुर, चितवनमा अत्याधिक बढेको विभागले जनाएको छ । सुरुमा सामान्य ज्वारो आएको र पछि औषधी खाँदा नी ठिक नभएपछि अस्पतालमा आएको विरामीले बताएका छन् ।

भदौ १ गते देखी यता शुक्रराज ट्रपिकल अस्पतालमा मात्रै ७ सय देखी ८ सयको हाराहारीमा संक्रमित विामी आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा कार्यरत ३४ जना चिकित्सकहरुले २४ सै घण्टा सेवा दिईरहेको तर यसरी नै विरामीको चाप बढदै जाने हो भने बेड र जनशक्तिको अभाव हुने अस्पतालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);