पोखरामा डेंगुको महामारी: विरामीको चापले जाँच्ने किटको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पोखरामा डेंगुको महामारी: विरामीको चापले जाँच्ने किटको अभाव

dengu

कृष्ण अन्जान ज्ञवाली

पोखरा, २० भदौ । अहिले डेंगुले देशमा महामारीको रुप लिएर नियन्त्रण बाहिर जस्तै भएको छ । साउन महिनाको १६ गते पोखरा महानगरपालिका वडा नं ८ शिवालय चोकमा यो वर्ष पोखरामा पहिलो पटक देखापरेको डेंगुुुबाट एक महिनाको अवधिमा करिव पाँच सय जना संक्रमित भएका छन् । विरामीको चापले अस्पतालमा डेगुं जाँच्ने किटको अभाव भएको छ ।

देशमा फैलिएको डेंगुको महामारीसंगै अस्पतालहरुमा विरामीहरुको चाप थेगि नसक्ने गरी बढेको छ । पोखरामा पनि झण्डै एक महिना अघि यो बर्षको पहिलो पटक डेंगु देखिए यता ५ सय जना भन्दा बढीमा संक्रमण देखापरेको छ । पोखरामा रहेको पश्चिमाञ्चल अस्पतालको ल्यावमा दैनिक २ सय पचासको हाराहारीमा यो रोगका विरामीहरु ल्याव टेस्टका लागि आउने गरेका छन् । यसैगरी पोखराका निजी क्लिनिक र अस्पातालहरुमा पनि दैनिक विरामी आउने क्रम त्यत्ति कै छ । सरकारी अस्पतालमा त डेंगु जांच गर्ने सर्वसाधारणको यति चाप छ की अस्पतालमा रोग जाँच्ने किटको अभाव भएको छ ।

अहिले अस्पतालहरुमा डेंगुका विरामीहरु दिनदिनै बढिरहेका छन् । डेंगु संक्रमणपछि अत्याधिक टाउको दुख्ने, ज्वरो आउने जिउ दुख्ने आदि लक्षणहरु देखा पर्ने गरेको भनी विरामी र विरामीका आफन्तहरु बताउँछन् । विरामीको चाप बढेसंगै अस्पताल व्यवस्थापन तथा जनशक्ति अभावले सेवामा प्रभाव परेको विरामी कुरुवाहरुको गुनासो छ ।

अहिले डेंगु नियन्त्रणका लागि महानगरपालिकाले जनचेतनाका विभिन्न कार्यक्रमहरु जारी राखेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने रोग नियन्त्रणका लागि घर आँगन चोकको सरसफाइलाई प्राथमिकतामा राखेर सचेतना कार्यक्रम फैलाउनु पर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह छ ।

डेंगुबाट बच्न लामखुटृेको टोकाइबाट बच्न चिकित्सकहरुको सुझाव छ । नियन्त्रणका लागि पोखरा महानगरपालिका सहित स्वास्थ्य संस्थाहरु पनि जनशक्तिसहित ठाउँठाउँमा परिचालन गरिएको छ । तर यति हुदाँ हुँदै पनि नियन्त्रणमा आउन नसक्नुले सर्वसारणमा मात्र होइन स्वयंम स्वास्थ्यकर्मीहरु पनि अहिले चिन्तत देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);