डेंगु फैलन थालेपछि एक्सनमा उत्रियो बर्दिबास नगरपालिका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

डेंगु फैलन थालेपछि एक्सनमा उत्रियो बर्दिबास नगरपालिका

महोत्तरी। बर्दिबास नगरपालिकाले डेंगु नियन्त्रणका लागि सतर्कता अभियान चलाएकाे छ । डेंगुका बिरामी धमाधम देखिन थालेपछि नगरपालिकाले सचेतना अभियानलाई जाेड दिएकाे हाे । नगर स्वास्थ्य साखाका अनुसार वडा नम्बर ३ मा दुई जना र वडा नम्बर १ मा एक जनालाई डेंगुको लक्षण देखिएकाे छ । नगरभित्रका बिरामीलाई पहिचान गरी डेंगुको विषयमा अध्ययन सुरू भएको बर्दिबास अस्पतालका इन्चार्ज रामबाबु साहले जानकारी दिए । नगरले आइतबार बर्दिबास नगरपालिकाको सभाहलमा जनप्रतिनिधि र सरोकारवाला निकायहरूलाई अभिमुखिकरणका माध्यमवाट डेंगु नियन्त्रणको लागि सचेत गराएकाे थियाे ।  नगरले पहिलो चरणमा लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने र यथेष्ट मात्रामा यसकाे नियन्त्रणको लागि जनचेतना अभिवृद्धि गर्ने नगरपालिकाका प्रवक्ता विजय महतोले जानकारी दिए ।

३.९ अर्ब मानिस जोखिम

मधेश प्रदेश स्वास्थ्य साखाका विशेषज्ञ डा. दिपेन्द्र झाले डेंगु जस्तो घातक रोगवाट बच्न सरसफाईमा मुख्यत: ध्यान दिनुपर्ने बताए । एडिज जातको लामखुट्टेको टोकाइबाट लाग्ने उक्त रोग नेपालमा पहिलो पटक सन् २००४ मा देखा परेको थियो । सो समयमा एक जना विदेशी नागरिकमा देखिएको डेंगु अहिले नेपालका ७० जिल्लामा पुगिसकेकाे छ । विश्वको तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ५० बर्षमा यो जातको प्रजातीको टोकाइबाट सर्ने डेँगुमा ३० गुणा बढेको देखिएको छ । १२८ भन्दा बढी मुलुकका ३.९ अर्ब मानिस यसकाे जोखिममा छन् ।

याे राेगका कारण सुरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने जस्ता लक्षण बाट सुरु हुन्छ । यो रोगबाट मृत्यु समेत हुन सक्ने भएकाले सचेत रहन स्वास्थ्यकर्मीहरूले सुझाव दिए । यसैलाई मध्यनजर गर्दै बर्दिबास नगरपालिकाले लामखुट्टेको बासस्थान पहिचान गरि बिषादी छर्कने र अन्य जिम्मेवारी सम्बन्धित वडालाई दिएको नगरप्रमुख प्रल्हाद क्षेत्रीले जानकारी दिए । अझ नगरमा डेंगुका बिरामी देखिसकेको हुनाले थप संक्रमित हुन नदिन तुरुन्त एक्सनमा आउनुपरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ । यो रोगको मृत्युदर उच्च नभए पनि दोश्रो पटक संक्रमण भए तुलनात्मक रुपमा खतरा हुने चिकित्सक दिपेन्द्र झा बताउँछन् ।विशेषत: लामखुट्टेको टोकाइबाट नै यो रोग लाग्ने भएकाले जुनसुकै उमेर समुहकोलाई लाग्न सक्ने बताएको छ । एउटा पोथी लामखुट्टेले आफ्नो जीवनकालमा लाखौँ अन्डा पार्ने भएकाले यसकाे जोखिम अत्याधिक रहेको चिकित्सकहरूको सुझाव छ । सन् २०१९ मा सुनसरी, मोरङ्ग, झापा, चितवन, कास्की र मकवानपुरमा डेँगु माहामारीको रुपमा फैलिएको थियो । जुनवेला १७ हजार नाै सय ९२ जना यो रोगबाट प्रभावित भएका थिए ।

एक तथ्यांकअनुसार यस वर्ष मात्र २५ सय ३४ जनामा डेंगु भेटिएको छ भने मधेश प्रदेशमा अहिले ७० जना संक्रमित छन् । महोत्तरीमा भने बर्दिबासबाहेक अन्य पालिकाहरूमा डेँगुसँग मिल्दोजुल्दो लक्षण देखिए पनि अहिलेसम्म प्रमाणित नभएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);