डेंगु नियन्त्रणको लागि सरकारी प्रयास के भइरहेको छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डेंगु नियन्त्रणको लागि सरकारी प्रयास के भइरहेको छ ?

dengue niyantran-sarkari prayas

तेजना पण्डित 
काठमाडौं, २५ भदौ । डेंगुले अहिले महामारीको रुप लिएपछि सर्वत्र चिन्ता बढेको छ । पांच महिना अघि सुनसरीको धरानमा देखिएको डेंगु हाल सातै प्रदेशका ५६ जिल्लामा फैलिसकेको छ । डेंगुवाट ६ जनाको मृत्यु भएको छ भने ६ हजार बढी संक्रमीत भएका छन् । यसबाट सर्वसाधरण मात्र होइन चिकित्सकदेखि मन्त्रीसम्म संक्रमित भएका छन् । यस्तो अवस्था आइसक्दा पनि नियन्त्रणको लागि सरकारी प्रयास के भइरहेको छ ? हरेक नागरिकको मनमा प्रश्न उठिरहेको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु गत गत बैंशाख महिनामा धरानबाट देखिएको थियो । त्यसयता ७ वटै प्रदेशका ५६ जिल्लामा फैलीसकेको छ । डेंगुबाट ६ हजार बढी संक्रमीत भएका छन् भने ६ जनाको मृत्यु समेत भैसकेको छ । यो तथ्याँक अस्पतालमा आएका परीक्षणको आधारमा हो । तर परीक्षणमा आउन नसकेका यो भन्दा कयौं गुणा बढी भएको हुनसक्ने अनुमान गरिएको छ । संक्रमणको रफ्तार तिव्र छ ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा जांच्न आउने विरामी मध्ये ५० प्रतिशतमा डेंगु दिएको छ । अन्य अस्पतालमा पनि विरामीको संख्या बढ्दो छ, जसले उपचार अभाव देखिन थालेको छ । अस्पतालमा बिरामीको चाप बढेका कारण घण्टौ लाइनमा बस्नुपर्ने अवस्था छ ।

डेंगु संक्रमणपछि मानिसमा उच्च ज्वरो आउने गर्छ । डेंगु भए नभएको थाहा पाउन रगत परीक्षण गर्ने गरिएपनि यसको विशेष उपचार बिधि भने देखीदैन । सरकारले डेंगु संक्रमीतका लागी सिटामोल जिवनजल निशुल्क रुपमा बितरण गर्ने गरेको छ ।

डेंगु प्रभावित क्षेत्रका अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी अपुग भएमा त्यसको व्यवस्था गर्ने,उपचारका लागी किटको व्यवस्थापन लगाएत विरामीको उपचारमा कुनै कमि आउन नदिन स्वास्थ्य मन्त्रालयले हरतरहको सेवा उपलब्ध गराउने प्रयास गरेको छ । मन्त्रालयले प्रभावीत क्षेत्रका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बिदामा नवस्नको लागी परिपत्र जारी गरी उपचारलाइ अघि बढाएको छ ।

हाल तिनै तहका सरकारहरु बिच समन्वय गरी जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै गैर सरकारी संस्था, स्थानीय निकायको अगुवाईमा नेपालभर डेंगु संक्रमणका लक्षण र बच्ने उपायका बारेमा घरघरमा जनचेतना फैलाउने काम भइरहेको स्वास्थ्य मंत्रालयको दाबी छ ।

कतिपय स्थानमा लामखुट्टेको अण्डा नष्ट गर्नको लागी सैनिक, प्रहरीको समेत सहायता लिइएको अवस्था छ । तरपनि डेंगु नियन्त्रणमा आउन भने सकेको छैन । लामखुट्टेले सफा पानीमा अण्डा पार्ने भएकाले डेंगुबाट बच्न हरेक नागरीक आफैं सचेत हुनुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);