हिरासतबाट ३ जना थुनुवा फरार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

हिरासतबाट ३ जना थुनुवा फरार

jail

काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् । उनीहरु गएराति ग्रिल उप्काएर भागेका हुन् ।

फरार भएकाहरुमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरुलाई भैंसेपाटीमा राखिएको थियो । उनीहरुको नाम खुलाइएको छैन ।

ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले घटनाको पुष्टि गर्दै फरार भएकाहरुको खोजी कार्य भइरहेको जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);