आगजनीका कारण करोडौंको धनमाल नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

झापा, १३ कार्तिक । शुक्रबारको प्रदर्शनका क्रममा भएको आगजनीबाट सडक विभाग, यान्त्रिक कार्यालय बिर्तामोडको करोडौं रुपैयाँको धनमालमा क्षति पुगेको छ ।

अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का बालक लक्ष्मण शिवाकोटीको हत्यारालाई कारबाहीको माग गर्दै झापाको बिर्तामोडमा शुक्रबार भएको प्रदर्शनका क्रममा कार्यालयमा आगजनी हुँदा १० करोड बराबरको क्षति भएको हो ।

कार्यालयको चारकोठे भवन, तीन थान कम्प्युटर र पाँच थान सवारी साधन पूर्णरुपमा जलेका छन् । त्यस्तै, पाँचवटा सवारी साधनमा आंक्षिक क्षति पुगेको छ भने सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् । भवन जलेपछि कर्मचारीले चौरमा बसेर काम गरिरहेका छन् । आजगनीका कारण जिल्ला ट्राफिक प्रहरी कार्यालयमा समेत क्षति पुगेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);