आज हरिबोधनी एकादशी : तुलसीको विवाह सँगै भगवान विष्णुको आरधना गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

असोज ८ २०८३, शुक्रबार

काठमाडौँ, १४ कार्तिक । आज कार्तिक शुक्ल एकादशीका दिन अर्थात् हरिबोधनी एकादशी भगवान विष्णुको पुजाआजासहित ब्रत बसेर एकादशी मनाइँदैछ।

हरिबोधनीे एकादशीमा तुलसीको मोठ सिँगारी फूलमाला लगाइदिएर तुलसीको विवाह गरिदिने चलन रहिआएको छ। विशेष गरी हरिबोधनी एकादशीको दिन उपत्यकाका चार नारायण, चाँगु, इचंगु, विशंखु र शेषलगायत देशभरका नारायणका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्ने गर्दछ।

काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा आजदेखि हरिबोधनी एकादशी मेला सुरु भएको छ। धार्मिक मान्यता अनुसार चार नारायणको दर्शन गरेपछि बुढानिलकण्ठ नारायणको दर्शन गर्नुपर्ने मान्यता रहेको छ। बूढानिलकण्ठ मेलामा भक्तजनहरुलाई मन्दिरको दक्षिण ढोकाबाट भित्र छिर्ने व्यवस्था गरिएको छ।

मेलामा भक्तजनहरुले हिँड्दा हिँड्दै विष्णु भगवानको पुजा गरेर प्रसाद लगाई मन्दिर बाहिर निस्कने व्यवस्था गरिएको छ। बूढानिलकण्ठमा रहेको नारायण मन्दिरलाई हिन्दू र बौद्ध धर्ममार्गीहरुको साझा देवताका रुपमा लिने गरिन्छ। हरिबोधनी एकादशीका दिन भगवान विष्णु जलाशयबाट बिउँझिने र सोही दिन हरिशयनी एकादशीमा रोपिएको तुलसीसँग विवाह गराई दिने प्रचलन रहिआएको छ।

ताजा समाचार