काठमाडौ ।
गत भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा गरी ४४१ वटा साना ठूला सवारी साधनमा आगजनी तथा तोडफोड भएको पाइएको छ। यस्तै ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ ।कतिपय निकायमा त अनुमान गर्नै नसकिने क्षति पनि पुगेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साना गाडी बस ४७ मोटरसाइकल स्कुटर ७४ जलेका छन् । अर्थ मन्त्रालय गाडी ३६ मोटरसाइकल स्कुटर ५३, सर्वोच्च अदालत गाडी ५१ मोटरसाइकल गन्न नसकिने अवस्था छ ।
यस्तै सहरी विकास तथा भवन निर्माण विभाग ५० गाडी २०० अनुमानित मोटरसाइकल, सडक विभाग बस ६५ मोटरसाइकल गन्न नसकिने अवस्था रहेको छ ।
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ?(सूचीसहित)
ताजा समाचार
राष्ट्रिय सभाकाे हिउँदे अधिवेशन अन्त्य
१ घन्टा अघि




