काठमाडौ ।
बाढी पूर्वानुमान महाशाखाकाको अनुसार आज मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।
आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा तथा राति कोशी र सुदूरपश्चिमका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, बारा, पर्सा, कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी, बागलुङ, पर्वत, गुल्मी, पाल्पा, अर्घाखाँची, बाँके, दाङ, सुर्खेत, दैलेख, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना छ।३३ जिल्ला तथा आसपासका बासिन्दालाई होसियारी अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।
आज रूपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, डोटी, डडेलधुरा, बर्दिया, कैलाली, कञ्चनपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीको जोखिम भएका नदी तथा खोला आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।




