छाडा चौपायाका कारण थप कुरुप र फोहर बन्दै काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छाडा चौपायाका कारण थप कुरुप र फोहर बन्दै काठमाडौं

chada chaupaya

तेजना पण्डित
काठमाडौं, ३१ साउन
। काठमाडौंलाई सुन्दर र सफा सहरका रुपमा विकास गर्ने योजनाहरु नबनेका होइनन् । तर सार्वजनिक स्थल र सडकका चोक चोकमा छाडा चौपाया र तिनले गर्ने फोहरका कारण आजभोली काठमाण्डौ थप कुरुप र फोहर बनिरहेको छ । अझ छाडा चौपायाकै कारण सवारी सञ्चालनमा समेत कठिनाई भईरहेको छ ।

राजधानीको सामाजिक अवस्था, त्यहाँको सरसफाई र समृद्ध पक्ष समग्र देशको वास्तविकताको मुहार चित्रका रुपमा रहनुपर्दछ । राजधानी आम नेपालीहरुको सपनाको सहर पनि हो । दुर दराजका सर्वसाधारणका लागि राजधानी अझै पनि आफ्नो पहुँचभन्दा धेरै टाढाको विषय हो । तर, आम नागरिकका लागि सपनाको सहरका रुपमा रहनुपर्ने काठमाडौं आफैं भित्र कुरुप बनिरहेको छ । कुनैबेला मन्दिरै मन्दिरको सहरका रुपमा विश्वविश्यात काठमाडों यतीबेला छाडा चौपायाहरुको राजधानी जस्तै बनिरहेको छ ।

काठमाडौं उपत्यकाका हरेक सडक, चोक र गल्ली गल्लीमा यतीबेला छाडा चौपायको आश्रय स्थल बनिरहेको छ । काठमाडौं उपत्यका भित्र गाई पालन गर्ने किसनहरुले बाच्छा, थारो गाई र बुढा भैसकेका चौपायाहरु सडकमा ल्याएर छाडीदिने गरेका छन् । जसले गर्दा पैदल यात्रुकासाथै सवारी साधन सञ्चालनमा समेत समस्या आउने गरेको छ ।

काठमाडौंको बल्खु, कालीमाटी, तिनकुने लगायतका स्थानमा पशु चौपायाका कारण सवारी सञ्चालनमा समस्या आएको काठमाडों महानगरपालिकाले जनाएको छ । यी स्थानमा मात्रै करिब तीन सयको हाराहारीमा छाडा चौपाया रहेका छन् ।

छाडा चौपाया व्यवस्थापनमा समस्या परिरहेका बेला सवारी सञ्चालनमा पनि अबरोध हुने गरेका उदाहरणहरु छन् । छाडा चौपायका कारण सवारी चलाउन समस्या मात्रै भएको छैन बेला बेलामा सवारी दुर्घटना समेत हुने गरेका छन् ।

पशुचौपायका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको छ । छाडाचौपाको व्यवस्थापनका लागि महानगरपालीकाले काञ्जीघरको व्यवस्था गर्न लागेको छ । तर, दैनिक रुपमा सडकमा चौपायाको बृद्धि हुँदै जाँदा व्यवस्थापनमा समस्या आउनेतर्फ महानगर पनि सचेत देखिएको छ ।

खुलारुपमा छाडीएका चौपायाका कारण सहरको सुन्दरता कुरुप बन्दै गएको छ । गाई पालक कृषकहरुले पनि चौपाया व्यवस्थापनका लागि सहजिकरण गरिदिनुपर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);