धनुषका ट्याङकरमा लकिङ प्रणली जडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

धनुषका ट्याङकरमा लकिङ प्रणली जडान

locking system

बटुकनाथ झा
धनुषा, ३१ असार
। धनुषमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरहरुमा लकिङ प्रणली जडान गरिएको छ । लकिङ प्रणली सुरु गरिएपछि पेट्रोलियम पलार्थ चुहावटमा कमि आएको निगमको दाबी छ ।

नेपाल आयल निगम र भारतीय आयल निगमको संयुक्त पहलमा धनुषामा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरहरुमा लकिङ प्रणली जडान गरिएको हो । पेट्रोलियम प्रदार्थको चुहावट बढेपछि लकिङ प्रणाली सुरु गरिएको हो । लकिङ प्रणालि सुरु गरिएपछि पेट्रोलियम पदार्थ चोरी, चुहावट तथा आगलागीका घटान कम हुने निगमको दाबी छ ।

डिपोहरुमा लकिङ प्रणाली सुरु भएपनि बिक्रेताहरुले पनि ताल्चा लगाउने प्रणलिको विकास गरिने निगमको भनाइ छ । लकिङ प्रणाली सुरु भएपछि चुहावटमा कमि आएको निगमको तथ्यंकले देखाएको छ । प्रति ट्याङकर १ सय २० लिटरसम्म पेट्रोलियम पदार्थ बचत हुने गरेको छ ।

देशभर खपत हुने पेट्रोलियम पदार्थको कुल खपतको १४ प्रतिशत प्रदेश २ मा हुँदै आएको छ । प्रदेश २ मा अमलेखगंज र धनुषास्थित महेन्द्रनगरमा मात्रै डिपो रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);