सेयर बजारमा ८.११ अंकको बृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सेयर बजारमा ८.११ अंकको बृद्धि

stock_exchange_nepse

काठमाडौं, ३१ असार । साताको पहिलो दिन सेयर बजारमा सुधार देखिएको छ । तीव्र उचारचढावकाबीच आइतबार सेयर बजार ८ दशमलव ११ अंकले बढेको छ ।

१ हजार १ सय ९२ दशमलव ९८ अंकबाट शुरु भएको कारोबार ८ दशमलव ११ अंकले बढेर नेप्से परिसूचक १ हजार २ सय दशमलव ०९ अंक पुगेर बजार बन्द भएको हो । ’क’ वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलव ७६ अंकले बढेर २ सय ५२ दशमलव ८१ अंकमा पुगेको छ । कारोबारमा आएका फाइनान्स बाहेक सबै उपसूचक बढेका छन् ।

फाइनान्स १ दशमलव ५७ अंकले घटेको छ । बैक ७ दशमलव ८५, ट्रेडिङ ० दशमलव १७, होटल ४० दशमलव ६६, विकास बैक ७ दशमलव ७१, जलबिद्युत १० दशमलव ७८, वीमा ४३ दशमलव ४९, उत्पादन मुलुक ९ दशमलव ३८, अन्य १ दशमलव ९ र लघुवित्त ६ दशमलव ५५ अंकले बढेका छन् ।

आइतबार १ सय ७० कम्पनीका ६ लाख ६७ हजार कित्ता शेयर १९ करोड ३८ लाख रुपैयाँमा कारोवार भयो । सबैभन्दा बढी सेन्चुरी कमर्सियल बैंकको संस्थापक शेयर एक करोड २९ लाख रुपैयाँमा कारोबार भयो ।

आइतबार सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिव आठ प्रतिशत कमाए भने नेपाल हाइड्रो डेभलपर्सका शेयरधनीले करिव सात प्रतिशत गुमाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);