साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार

काठमाडौं, १३ साउन । साताको पहिलो दिन शेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ३ दशमलव ६२ अंकले बढेको छ ।

आइतबार १ सय ५३ कम्पनीका सात लाख ८१ हजार कित्ता शेयर १८ करोड ४९ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएका मध्ये बैंक २ दशमलव ९४, विकास बैंक ६ दशमलव ७७, निर्जीवन बिमा कम्पनी ९ दशमलव ९२, अन्य ६ दशमलव ३६ र जीवन बिमा कम्पनी ५२ दशमलव ६७ अंकले बढेका छन् । त्यस्तै होटल २० दशमलव १४, जलविद्युत ३ दशमलव ९९, फाइनान्स १ दशमलव १२ उत्पादन मूलक ६ दशमलव ८२ र लघुवित्त १ दशमलव ५ अंकले घटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);