फोहोरले सप्तरीको राजविराज दुर्गन्धित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

फोहोरले सप्तरीको राजविराज दुर्गन्धित

fohor

सौरभ यादव
सप्तरी, २ असोज । जताततै थुप्रिएको फोहोरले सप्तरीको राजविराज दुर्गन्धित बनेको छ । राजविराज नगरपालिकाले फोहोर फाल्ने ठाउँको निक्यौल गर्न नसक्दा बजार पुरै दुर्गन्धित बनेको हो ।

राजविराज नगरपालिकाले विगत आठ वर्षदेखि प्रत्येक नगर परिषद्मा डम्पिङ साइटको व्यवस्था गर्ने कुरा उठाउँदै आएको छ । तर, अझैसम्म कार्यान्वयन नहुँदा नगर क्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनेको छ ।

बजार क्षेत्रका ठाउँ–ठाउँमा थुपारिएको फोहोर दुई ३ दिनसम्म पनि नउठ्दा नगर क्षेत्र दुर्घन्दित बनेको छ । फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिएर बस्ने गरेको छ ।

फोहोर सँगसँगै छाडा चौपाया नियन्त्रण हुन नसक्दा अझ समस्या बढेको छ । फोहोरमैला व्यवस्थापन र सुँगुर लगायतका छाडा पशु नियन्त्रणको विषय नगरपालिकाले प्राथमिकतामा नदिएको नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव बताउँछन् ।

फोहोरकै कारण राजविराजमा २०५३ सालमा एक बालकको मृत्यु समेत भएको थियो । जापानिज इन्सेफ्लाइटिस फैलाउने लामखुट्टे फोहोर र सुँगुरबाटै आउने भएकाले नगरमा फेरि यस्ता घटना हुनसक्ने भन्दै सरोकारवालाहरु चिन्तित छन् ।

फोहोर व्यवस्थापनका लागि राजविराज नगरपालिका एक्लैले गर्न नसक्ने भएकाले सवै मिलेर काम गर्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

राजविराज नगरपालिका नेपालकै पहिलो टाउन प्लानिङ शहर हो । नगरपालिकाले हरेक वर्ष सरसफाइकै लागि करिब २५ लाख रुपैयाँ खर्च गर्दै आएको छ । तर, फोहोर र दुर्गन्धका कारण शहर अस्तव्यस्त, बनिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);