फोहोर व्यवस्थापन नहुँदा धनगढी उपमहानगर क्षेत्र दुर्गन्धित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

फोहोर व्यवस्थापन नहुँदा धनगढी उपमहानगर क्षेत्र दुर्गन्धित

fohor

श्रवण देउवा
कैलाली, ११ चैत । कैलालीको धनगढी उपमहानगरपालिकामा अहिले फोहोर व्यवस्थापन गर्न समस्या देखिएको छ । फोहोर व्यवस्थापन गर्ने निश्चित ठाउँ नहुँदा उपमहानगर कुरुप बन्दै गएको छ । घरबाट निस्किने वस्तु जथाभाबी नदी किनार र सार्वजनिक स्थलमा फालिंदा धनगढी क्षेत्रका खोला र खाली दुर्गन्धित बनेको छ ।

नगरपालिकाले फोहोर उठाउनको लागि ट्याक्टर र टिप्परहरु पठाउने गरेको भए पनि भित्री टोलहरुसम्म गाडि जान सक्ने अवस्था छैन । गाडि नजाने ठाउँका फोहोर खोलामा फाल्ने गरिएको छ ।

पटकपटक नगरपालिकालाई फोहोर उठाउने गाडीको व्यवस्था गरिदिन आग्रह गरे पनि फोहोर उठाउनको लागि पहल नगरेको स्थानीयको गुनासो छ ।

धनगढीको तारानगर हसनपुर क्षेत्र, कैलाली बहुमुखी क्याम्पस जाने बाटोमा प्लाष्टिक तथा सडक आसपास किनारमा फोहर वस्तु थुपारेको देखिन्छ । तर पनि सम्बन्धित निकायहरुको ध्यान जान सकेको छैन ।

यता नगरपालिकाले भने बजारको मुख्य सडक मात्र नभई भित्री शाखा सडकमा पनि फोहर संकलनका लागि नगरपालिकाको गाडी लैजाने निर्णय भईनसकेको नगरपालिकाले जनाएको छ ।

प्रत्येक घर धनीले आफुसंग भएको सड्ने वस्तुलाई आफै व्यवस्थापन गरेर नसड्ने फोहर वस्तुलाई मात्र बाहिर फाल्नु पर्ने हो । त्यसो हुन नसक्दा समस्या बढिरहेको छ । यो समस्यालाई केही समयमै समाधान गर्ने धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर बड बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);