बाँके र बर्दियामा स्थानीयको कैंयौ बिघा जमिन बाँझो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाँके र बर्दियामा स्थानीयको कैंयौ बिघा जमिन बाँझो

टेकेन्द्र बस्याल
नेपालगंज, ८ असोज । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले तारवार नगरिदिँदा त्यस आसपासका सर्वसाधारणको कृषियोग्य जमिन बाँझो भएको छ । स्थानीयले बर्षौंदेखि लगाउँदै आएको अन्नवाली प्रत्येक पटक नै निकुण्जबाट आएका जनावरले खाईदिँदा उनीहरुले जमिन बाँझै राख्न वाध्य भएका हुन् ।

निकुञ्जले तारवार नगर्दा कृषकहरु पीडित हुँदै आएका छन् । निकुञ्जबाट रातमा आउने बँदेल, चित्तल, खरायो, बाँदर, हात्तीजस्ता जनावरले बालीनाली सखाप पार्ने गरेको किसानहरुको गुनासो छ ।

वर्षेनी मिहिनेत गरेर लगाएको बाली भित्र्याउन नपाउँदै जनावरले खाईदिएपछि किसानहरु खेतीयोग्य जमिन बाँझै राखेर गौचरण बनाउन बाध्य भएको बैजनाथक १ चिसापानीकी बासु खड्का बताउँछन् ।

बाँकेको रत्नराजमार्गदेखि पश्चिम बर्दिया निकुञ्ज र पूर्वमा बाँके निकुञ्जका जनावरले बर्षेनी खेतीबाली, तरकारीबाली नष्ट गर्दै आएको छ । पैसा हुनेले खेतबारी क्षेत्रमा तारबार लगाएर जोगाउँदै आए पनि पैसा नहुनेका लागि अन्नवाली जनावरका लागि लगाएको जस्तो भएको बाँके चिसापानीकी भिमा सुनारको गुनासो छ ।

निकुञ्जले वर्षेनी तारवारका लागि थोरै रकम विनियोजन गरेपनि त्यो प्रभावकारी भएको छैन् । यदी निकुञ्जले तारवार लगायतका उपाय अपनाउने हो भने कृषकले राहत पाउने निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका सचिव रितु ओलीले बताउँछन् ।

जंगली जनावरका कारण यो सिजनको धानबाली खेतमै सकिएको सचिव ओलीको भनाई थियो । निकुञ्जकै कारण विगत बर्षदेखि आसपासका किसान कृषियोग्य जमिन बाँझै राख्दै आएका छन् । खेतीबाहेक निकुञ्जका जनावरले घरपालुवा जनावर मार्न र खान थालेपछि स्थानीयहरु पशुपालन समेत गर्न छोडेको स्थानीय गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);