पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या १८ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या १८ पुग्यो

पर्सा, ८ असोज । पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या १८ पुगेको छ । सोमवार पर्सा राष्ट्रिय निकुञ्जले प्रत्रकार सम्मेलनको आयोजना गरी सन् २०१३ भन्दा २०१८ मा बाघको संख्या दोब्बर बृद्धि भएको जानकारी दिएको हो ।

सन् २०१३ मा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ७ मात्र थियो । सन् २०१८ मा बढेर १८ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए ।

विगतमा भन्दा निकुञ्जमा बाघको संख्या दोब्बर हुनुमा बास स्थानको उचित व्यवस्थापन, निकुञ्ज भित्रका मानव वस्तीहरु बाहिर स्थानान्तरण, उपयूक्त सुरक्षा प्रबन्ध रहेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्यको भनाई छ ।

नेपालले २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु-याउने लक्ष्य लिएको छ । हाल देशैभर २ सय ३५ पुगेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);