बाँके राष्ट्रिय निकुञ्ज आसपासको १७ किलोमिटर क्षेत्रमा तारबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाँके राष्ट्रिय निकुञ्ज आसपासको १७ किलोमिटर क्षेत्रमा तारबार

बाँके, १९ असोज । बाँके राष्ट्रिय निकुञ्जका बँदेल, खरायो, चित्तल, हात्ती लगायतका जनावरले निकुञ्ज आसपासका कृषकको खेती योग्य बाली वर्षेनी खानथालेपछि राप्तीसोनारी गाउँपालिकाले करीब ४ करोडको लागतमा तारवार गरेको छ।

निकुञ्जका जनावरबाट प्रभावित गाउँपालिकाको वडा नम्बर–९ र ८ मा १७ किलोमिटर क्षेत्रमा तारवार गरिएको हो ।

बाँके निकुञ्जको महादेवपुरी, ढकेरी, बालापुर, कचनापुर, समशेरगन्ज क्षेत्रमा तारवार नहुँदा वर्षैनी कृषकको धान, मकै, गहँु, तरकारी खेती खेर जाने गरेको थियो । त्यतिमात्र नभएर निकुञ्जका जनावरले घरपालुवा जनावर समेत मार्ने र खाने गरेका कारण स्थानीय समेत चिन्तित हुने गरेको थिए ।

तर, निकुञ्जले करोडौको तारवार पछि यसपाली धानबाली जोगिएको राप्तीसोनारी–९ महादेवपुरीका कृषक भिमबहादुर पुनले बताए ।

तारजाली पछि गाउँपालिकाको ९ र ८ मा ९० प्रतिशत तारवार लगाएको छ । १० प्रतिशत तारवार लगाउने क्रमजारी रहेको छ । १७ किलोमिटर तारवारपछि यहाँका कृषक खुशी देखिन्छन् ।

कृषकको खेती क्षेत्र र बस्तीलाई समेट्ने गरि जालीको तारवार गरिएको छ । पहिलो पटक निकुञ्ज क्षेत्रमा झण्डै ४ करोडको तारवार गरिएको छ ।

बाँके निकुञ्ज क्षेत्रमा निकुञ्जले तारवार वेवास्ता गरेपछि गाउँपालिकाले लगानी गरेको राप्ती सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महाविर ओलीले बताए ।

तारजाली राप्तीसोनारीको ९ र ८ वडाको ९० प्रतिशत निकुञ्जको मध्यवर्तीमा पर्छ । यो क्षेत्रको बस्ती र खेतीबालीमा पूर्ण रुपमा तारवार लगाएको छ ।

गत आर्थिक बर्षको बजेटमा गाउँपालिकाले ४ करोड बराबरको रकम विनियोजन गरेको थियो । चालु आर्थिक बर्षमा पनि तारजालीका लागि निकुञ्जले थप १७ लाख बजेट विनियोजन गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);