दश गजा क्षेत्रमा फोहोरको डंगुर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दश गजा क्षेत्रमा फोहोरको डंगुर

कपिलवस्तु, १९ असोज । नेपाल–भारत सीमाको मर्यादपुर नाकाको दश गजा क्षेत्रमा थुप्रिएको फोहोरको डंगुर र जमेको पानीका कारण दुवै देशका यात्रुहरुलाई हिड्डुल गर्न समस्या भएको छ ।

यस क्षेत्रमा जमेको फोहर पानी र थुप्रिएको फोहोरको डङगुरका कारण नेपाल र भारतका नागरिकले सस्ती खेप्न बाध्य भएका छन् । दश गजामा पानी जमेकाले पैदल यात्री मात्रै नभइ सवारी साधनलाई पनि आवत–जावत गर्न समस्या भएको स्थानीयले बताएका छन् ।

दुबै राष्ट्रका सिमा प्रमुखहरु मिलि आवत–जावत सजिलो हुने गरी दश–गजामा पानी जमेको ठाउँमा ग्राभेल गर्नका लागि स्थानीयले माग गरेका छन् । साथै, दुबै देशका स्थानीय सरकारले निर्माण गर्नू अघि समन्वय गर्न समेत आग्रह गरेका छन् । दुबै देशका सरकारले ध्यान नदिदा यहाँका स्थानीयहरु फोहर गन्हाएर नाक छोपेर हिड्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);