उपत्यकामा पाँच दिनदेखि थुप्रियो फोहोर, अवरोधले उठेन फोहोर, संक्रमणको खतरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकामा पाँच दिनदेखि थुप्रियो फोहोर, अवरोधले उठेन फोहोर, संक्रमणको खतरा

kathamandu fohor

काठमाडौं, १५ असार । सिस्डोलमा स्थानीयको निरन्तर अवरोधका कारण उपत्यकामा फोहोर थुप्रिएको छ । पाँच दिनदेखि उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या आउँदा संक्रमणको खतरा बढेको छ । संक्रमणका कारण उपत्यकामा गम्भीर खालका रोग फैलन सक्ने भय बढेको चिकित्सकले बताएका छन् । उपत्यकामा फोहोर थुप्रिँदा दुर्गन्ध फैलिएको छ । उपत्यकावासीहरु सडकमा नाक छोपेर हिँड्न बाध्य छन् ।

प्रतिकूल मौसमका तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा बढेको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ मा स्थित सिस्डोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन हुँदै आएकोमा स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि समस्या उत्पन्न भएको हो ।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा २०६२ देखि उपत्यकाका तीनवटै जिल्लाको फोहोर सिस्डोलमा व्यवस्थापन हुँदै आएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल सहमति भए पनि स्थानीयले अवरोध कायमै राख्दा फोहोर उठाउन नसकिएको बताउँछन् । उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ । यस अवधिमा थुप्रिएको ५ हजार टन बढी फोहोर अस्तव्यस्त छ ।

महानगरपालिकाका वातावरण विभाग संयोजक हरिकुमार श्रेष्ठ जनप्रतिनिधिले सहमतिका विषयमा स्थानीयलाई विश्वस्त पार्न नसक्दा स्थानीयले अवरोध नरोकेको बताउँछन् । श्रेष्ठका अनुसार स्थानीयलाई जग्गा उपयोगबापत दिइँदै आइएको रकममा पुनरावलोकन गर्ने सहमति भएको थियो । श्रेष्ठले भने, ‘सर्वपक्षीय छलफलबाट सहमति भएकाले स्थानीयको अवरोधले फोहोर व्यवस्थापन रोकिँदैन । फोहोर बोकेका गाडी यताबाट गएका छन् र जाने क्रम जारी छ । छिट्टै थुप्रिएको फोहोरको व्यवस्थापन हुनेछ ।’  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);