कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढ्यो

aarna

काठमाडौं, ७ जेठ । कोशीटप्पु वन्यजन्तु आरक्षमा अर्नाको संख्या बढेको छ ।

अर्नाको लागि प्रसिद्ध मानिने कोशीटप्पुमा पछिल्लो गणना अनुसार अर्नाको संख्या ४ सय ४१ पुगेको छ । जसमा वयस्क पोथी अर्नाको संख्या धेरै पाइएको छ । १ सय ९१ वटा वयस्क पोथी र १ सय ३७ वटा वयस्क भाले अर्ना पाइएको छ । १ वर्षको बच्चा ३८ वटा, २ वर्ष उमेरको ४० वटा र अर्धवयस्क अर्ना ३५ वटा छन् ।

अघिल्लो गणनाको क्रममा आरक्षमा ४ सय ३२ अर्ना पाइएको थियो । आरक्षभित्र खुल्ला चरण क्षेत्र बढेकाले अर्नाको संरक्षणमा चुनौती थपिएको छ । कोशीटप्पुमा गत चैत्रमा आरक्ष भित्र अर्ना गणना गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);