उदयपुरको सदरमुकामबासी नै राज्यबाट पाउने आधारभूत सुविधाबाट बञ्चित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उदयपुरको सदरमुकामबासी नै राज्यबाट पाउने आधारभूत सुविधाबाट बञ्चित

udaya pur triyuga

गोपाल पोखरेल,
उदयपुर,८ फागुन । नगर क्षेत्रमै टेलिफोन गर्न कि त अग्लो रुखमा चढ्नुपर्छ वा आधा घन्टाको बाटो हिँडेर डाँडाँमा पुग्नुपर्छ भन्दा जो कोहीलाई अनौठो लाग्नसक्छ । तर, उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ५ स्थित दमौती गाँउको यो वास्तविक समस्या हो । करिव २ हजार स्थानीय बर्षौदेखि यो समस्या झेल्दै आएका छन् ।

नगरपालिका बन्न सडक, विजुली, खानेपानी, टेलिफोनलगायतका आधारभूत आवश्यकता पुरा भएको हुनुपर्छ । तर दमौतीका स्थानीय नगरपालिकाबासी भएर पनि बर्षौदेखि यी सबै सुविधाबाट बन्चित छन् । त्रियुगा नगरपालिकाका अन्य सबै वडामा टेलिफोन सम्पर्क हुन्छ । तर, दमौतिमा अहिलेसम्म संचार सम्पर्क गर्ने व्यवस्था कसैले नमिलाएकोे स्थानीयको गुनासो छ ।

गाउँलेले पटक–पटक प्रयास गरे पनि कसैले वास्ता नगरेका कारण लामो समयदेखि फोन गर्दा कि त आधा घन्टा हिँडेर चुरेको डाँडामा कि त रुखमा चढ्नु परेको स्थानीय बताउँछन् । यहाँका झण्डै ५ सय सर्वसाधारणसँग मोबाइल फोन भएपनि नेटवर्क टिप्दैन । नेटर्वक नआएपछि दैनिक झण्डै १ सय सर्वसाधारण फोन गर्नका लागि चुरे डाँडातिर दगुर्छन भने दुई दर्जन भन्दा बढी अग्लो रुखमा चढ्ने गर्छन् ।

करीब ४ सय ५० घर धुरी रहेको दमौतीमा सरकारी तथा गैरसरकारी वा अन्य कुनै निकायको आँखा पर्न सकेको छैन । जसका कारण दमौतिबासीले संचारसँगै सडक, बिजुली र स्वच्छ खानेपानीको समेत समस्या झेल्नुपरेको छ । नगरपालिका क्षेत्रमा रहेर पनि दुर्गमकै नियति भोगिरहेका र विकासका आधारभूत आवश्यकताबाट बर्षौदेखि बन्चित हुँदै आएका दमौतीबासीका समस्यामा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);