सप्तरीमा प्रहरी कार्यलय नजिकै शक्तिशाली बम फेला, शंकास्पद २ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १५ २०८३, आइतबार

सप्तरी, १२ मंसिर। सप्तरीस्थित राजविराज कुनौली सडकखण्डस्थित रन्जितपुरमा फेला परेको शक्तिशाली टाइम बमलाई नेपाली टोलीको डिस्पोजल टिमले निष्क्रिय पारेको छ।

प्रहरी बल सिमा सुरक्षा कार्यालय नजिकै फेला परेको शक्तिशाली बमलाई सेनाले निस्कृय पारेको प्रहरीले जानकारी दिएको छ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्धारा राखिएको सो बम सोमबार राती बरामद भएको थियो।

प्रहरीले शंकास्पद दुई जनालाई चेकजाँच गर्दा उनीहरुका साथबाट अत्याधुनिक रिमोट फेला परेको थियो। अनुसन्धानपछि उनीहरुको बयानका आधारमा बम फेला परेको प्रहरीले जानकारी दिएको हो।

एक किलोमिटर पर रहेर रिमोट थिचेको भरमा विस्फोट गराइने खालको उक्त बम शक्तिशाली रहेको प्रहरीले जानकारी दिएको छ।