धादिङमा मतदान केन्द्रको नजिकै बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

धादिङ, ९ मंसिर। धादिङको दक्षिणी भेगमा गजुरी गाउँपालिका वडा नं ५ स्थित मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको प्रहरीले जानकारी दिएको छ। सो बम नेपाली सेनाको डिस्पोजल टिमले निष्क्रिय गरेको छ।

मतदान केन्द्र नजिकै ३०० मिटर पर मानिस हिँड्ने बाटोमा बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो।

निर्वाचनको तयारी सकिएकाले मतदानपछि १२ मतदानस्थलका १७ मतदान केन्द्रका ५१ वटा मतपेटिका हेलिकप्टरबाट ढुवानी व्यवस्था मिलाइएको प्रहरीले जानकारी दिएको छ।

 

ताजा समाचार