सिराहामा गोली चल्यो, दुई प्रहरी घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सिराहा, १० मंसिर। सिराहास्थित निरदनामा अज्ञात समुहको गोली प्रहारबाट एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन्।

आइतबार दिउँसो अज्ञात समुहले चलाएको गोली जितना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मागेराम यादवको पेटमा लागेको छ भने म्यादी प्रहरी आदर्श यादव कोखमा लागेको छ। घाइतेहरुको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

सवारी साधन चेक जाँचको क्रममा मोटरसाइकलमा आएका अज्ञात दुई जनाको समुहले गोली प्रहार गरि फरा भएका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);