चितवनमा चैते धान रोप्न सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

चितवनमा चैते धान रोप्न सुरु

dhan-kheti

चितवन, ९ चैत । चितवनमा चैते धान रोप्न सुरु गरिएको छ । चितवनमा सिंचाई सुविधा हुने ठाउँमा चैते धान रोप्न सुरु गरिएको हो । साना सिंचाई कार्यक्रम सञ्चालन भएपछि चैते धान खेती गर्ने कृषकहरुको संख्या बढेको छ ।

चितवनको रत्ननगर, खैरहनी बछौली, भण्डारा, कुमरोज, कठार लगायतका क्षेत्रमा धान रोपाई भइरहेको छ । चितवनमा ५ हजार हेक्टरमा चैते धान रोप्ने गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

गत आर्थिक वर्षमा धान थन्काउने समयमा पानी परेकाले उत्पादन कम भएको थियो । गत बर्ष साढे २२ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो बर्ष २४ हजार मेट्रिक टन उत्पादन हुने कार्यालयको अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);