गगन थापाको चुनावी कार्यक्रममा बम बिस्फोट, थापासहित ९ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १८ मंसिर। नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाको घरदैलो कार्यक्रममा बम विस्फोट भएको छ।

विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको र थापासहित ९ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

सोमबार बिहान चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);