गगन थापामाथि आक्रमणको आरोपमा ३ घण्टामा ३० जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

गगन थापामाथि आक्रमणको आरोपमा ३ घण्टामा ३० जना पक्राउ

काठमाडौँ, १८ मंसिर। कांग्रेसका वरिष्ठ नेता एवम् काठमाडौ–४ का उम्मेदवार गगन थापामाथि बम प्रहार गरेको आरोपमा राजधानीका विभिन्न क्षेत्रबाट प्रहरीले ३ घण्टामा ३० जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर अनुसार बुढानिलकण्ठ, कालिमाटी र बालाजु क्षेत्रबाट उनीहरुलार्इ पक्राउ गरिएको छ। विस्फोटमा परी थापालाई तीनवटा छर्रा लागेको थियो । थापासहित अन्य ९ जना घाइते भएका छन्। अन्यको भने शिक्षण अस्पतालमा उपचार जारी छ ।

सोमबार चुनाव प्रचारका क्रममा चपली हाइट पुगेका गगन थापा सहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम आक्रमण भएको थियो । थापाको अवस्था भने सामान्य भएकाले उनी डिस्चार्ज भएका छन्।

शिक्षण अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले आफ्ना मतदाता, सुभचिन्तक तथा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका थिए । उक्त कुराकानीमा उनले यस्ता घटनाहरुबाट आतंकित तथा विचलित नहुन सबैलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);