भारतमा कोरोना भाइरस नियन्त्रणमा नआउनु चिन्ताजनकः डब्ल्युएचओ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

भारतमा कोरोना भाइरस नियन्त्रणमा नआउनु चिन्ताजनकः डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भारतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउनुले निकै चिन्ताजनक अवस्था सृजना गरेको जनाएको छ ।

डब्ल्युएचओ प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहनु धेरै चिन्ताको विषय भएको बताएका छन् ।

अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएकाले गम्भीरताका साथ यसको नियन्त्रणमा राज्य संयन्त्र पूर्णरूपमा लगाउन उनले भारत सरकालाई आग्रह पनि गरेका छन् ।

संक्रमणले भारतमा मात्र नभई नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि अब आपतकालीन स्थिति निम्त्याएको टेड्रोसले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);