इंग्लिस प्रिमियर लिग: न्युक्यासल युनाइटेड विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इंग्लिस प्रिमियर लिग: न्युक्यासल युनाइटेड विजयी

football1

काठमाडौं, ११ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेड विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा न्युक्यासलले बर्नलीलाई २–१ ले हराएको हो । खेल सुरु भएको चार मिनेटमा नै बर्नलीका बेनमीले आत्मघाती गोल गरेपछि न्युक्यासलले सुरुवाति अग्रता लिएको हो । २३ औँ मिनेटमा केरन क्लार्कले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

बर्नलीका लागि ४० औँ मिनेटमा साम वोक्सले एक गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र न्युक्यासल २–१ ले विजयी भयो । न्युक्यासलले सन् १९७५ पछि पहिलो पटक बर्नलीमाथि शीर्ष लिगमा जित दर्ता गरेको छ । प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गरेको न्युक्यासल १३ औँ स्थानमा उक्लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);