नासाले मंगलग्रहमा मिनी हेलिकप्टर पठाउने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८०, शुक्रबार

नासाले मंगलग्रहमा मिनी हेलिकप्टर पठाउने

mars helicopter

एजेन्सी, ३० बैशाख । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा मिनी हेलिकप्टर पठाउने तयारी गरेको छ । जुन पृथ्बीमा उड्ने हेलिकप्टरको तुलनामा १० गुना बढी रफ्तारमा उड्नेछ । यो खबर मानिसका निम्ति रोमाञ्चक र नौलो घटना हुनेछ ।

नाशाले पृथ्बीमा उड्ने हेलिकप्टर भन्दा १० गुणाबढी गतिमा उड्ने हेलिकपटर मंगलग्रहमा पठाउने तयारी गर्दैछ । यो खवर सुन्ने जो कोही पनि आश्चर्यजनक घटनाको रुपमा यसलाइ लिने बैज्ञानिकहरुको दाबी छ । पहिलोपटक मंगलग्रहमा हेलिकप्टर पठाउने तयारी गरिरहेका बैज्ञानिकहरुले यसबारेमा केही समययता बढी सक्रिय भएर यस सम्बन्धि सबै सूचना र उपकरण जडानका लागि स्ट्रोङ हेलिकप्टर बनाउने कार्यमा जुटेका छन ।

मंगल ग्रहमा कुनै देशले बिमान पठाउने योजना नबनाएको बेला नाशाले यसबारै तयारी गरेको हो । बैज्ञानिकहरुले मानवरहित ड्रोन झै हेलिकप्टर पठाउने तयारीमा जुटेका छन । मंगलग्रहमा त्यहाँको अवस्था पानी र मानिस बस्न सक्ने स्थितीका बारेमा पनि यो हेलिकप्टरमार्फत जानकारी संकलन गर्ने जनाइएको छ ।

हेलिकप्टरको ब्लेड तीन हजार आरपीएम गतिबाट घुम्ने बताइएको छ । यो हेलिकप्टर मंगलग्रहमा एउटा गाडीको आकारमा यानसंगै जानेछ । नाशाका प्रशासक जिम ब्रिडेन स्टीनले यसलाइ मानिसहरुका लागि उत्सुकतापूर्बकको घटना ठहर्याउँदै यसबारे परिक्षण बाँकी नै रहेको बताएका छन् ।

ज्ञान बिज्ञानको क्षेत्रमा फड्को मार्दै गएको नासाले मानिसलाइ अन्तरिक्षका थुप्रै रहस्यहरुबारे जानकारी र परिक्षण गरी यानहरु बिभिन्न ग्रहमा पठाउँदै आएको छ ।

ताजा समाचार