मेयर ममताप्रसाद चौधरीलाई उपचारका लागि काठमाडौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेयर ममताप्रसाद चौधरीलाई उपचारका लागि काठमाडौं

अज्ञात समूहको गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

ghodagodi mayar

काठमाडौं, २९ फागुन । अज्ञात समूहको गोली र खुकुरी प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

नगरपालिकाको सुख्खड बजारस्थित घरमै बसिरहेका बेला गएराति ८ बजेतिर गोली र खुकुरी प्रहारबाट घाइते भएका मेयर चौधरीलाई सुख्खड र नेपालगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । मेयर चौधरीको कम्मर र खुट्टामा गोली लागेको छ भने खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको छ ।

प्रहरीले गोली र खुकुरी प्रहारमा संलग्न भएको आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । मेयर चौधरीमाथि गत विहिबार नगरपालिकाकै १८ बर्षिय राधा चौधरीलाई बोक्सीको अभियोगमा ६ घण्टासम्म कुटपिट गर्ने रामबहादुर चौधरीलाई छुटाउन भूमिका खेलेको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);