चिनियाँ बिदेशमन्त्री वाङ यी आइतवार नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चिनियाँ बिदेशमन्त्री वाङ यी आइतवार नेपाल आउँदै

तेजना पण्डित
काठमाडौं, २० भदौ । चिनियाँ बिदेश मन्त्री वाङ यी आइतवार नेपाल आउनुहुने भएको छ । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणामा नेपाल आउन लाग्नु भएका चिनियाँ बिदेशमन्त्रीमको भ्रमण तीन दिनको हुनेछ ।

दोश्रो संबिधान सभाको निर्वाचनपछि चीनवाट पहिलोपटक विदेशमन्त्री स्तरीय भ्रमण हुन लागेको हो । केही समय अघि भारतबाट विदेशमन्त्री स्तरीय भ्रमण भए लगत्तै हुन लागेको चीनको यो उच्च स्तरीय भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।

चीनका विदेश मन्त्रीबाट हुन लागेको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयले शुक्रवार प्रेस बिज्ञप्ती जारी गरी भ्रमणबारे औपचारीक जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण आइतवारदेखि मंगलबारसम्मको हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भए यता उत्तरी छिमेकी देश चीनबाट नेपालको उच्चस्तरीय भ्रमण भएको छैन । तथापी, नेपालकोतर्फबाट भने पटक पटक भएको छ ।

पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा पररष्ट्रमन्त्री प्रदिप ज्ञवालीले यस अघि छुट्टाछुटै रुपमा चीनको भ्रमण गरिसक्नु भएको छ । अन्य नेता र सांसदको टोलीबाट पनि चीनको भ्रमण हुंदै आएको छ ।

चीनको विदेश मन्त्रीको भ्रमणपछि चीनका राष्ट्रपतिले पनि नेपालको भ्रमण गर्ने अड्कल गरिएको छ । त्यसकै तयारी स्वरुप यो भ्रमण हुन लागेको परराष्ट्र विश्लेषकहरुको बुझाई छ ।

यद्यपी, सरकारी स्तरबाट यसबारेमा अहिलेसम्म केही बताइएको छैन । उच्चस्तरमा हुन लागेको भ्रमणलाई लिएर सकारात्मक सन्देश दर्शाउन विदेश मन्त्री स्तरीय भ्रमण हुन लागेको कुटनीतिज्ञको बुझाईछ ।

चिनियाँ राष्ट्रपति सीजिन्पिङले अक्टोबर ११ मा भारतको तमिलनाडु भ्रमणमा जाने तय भइसकेको छ । सोही भ्रमणको सिलसिलामा चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गराउने नेपालको तयारी हो ।

चिनियाँ बिदेशमन्त्रीको भ्रमणलाई लिएर सर्वसाधारणहरु पनि उत्साहीत भएका छन् । विश्व अर्थतन्त्रमा उदयीमान छीमेकी राष्ट्र चिनसँग नेपालले आधुनीक प्रबिधि भित्र्याउन व्यापार बिस्तारमा सहयोग लिनेतर्फ ध्यान दिनुपर्ने सर्वसाधारणहरुको सुझाव छ ।

दोश्रो संबिधान सभाको चुनावपछि पहिलोपटक चीनवाट नेपाल भ्रमण गर्ने चिनियाँ विदेशमन्त्री वाङ सवैभन्दा उच्च अधिकारी समेत हुुनुहुनेछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा आउन लाग्नु भएका वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसैगरी परराष्ट्रमन्त्री ज्ञवालीसँग द्विपक्षीय वार्ता गर्ने जनाइएको छ । चिनयाँ विदेशमन्त्रीको भ्रमणपछि चिनियाँ राष्ट्रपतिको पनि नेपाल भ्रमणको तालिका मिलाउन सकेमा त्यसले अन्तर्राष्ट्रिय रुपमै ठूलो सन्देश दिने विश्लेषकहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);